राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १०:१९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ ।
ट्रम्पले दोस्रो कार्यकालकालागि राष्ट्रपति पदको शपथ ग्रहण गर्नुभएकोमा पौडेलले बधाई दिनुभएको हो । मंगलबार राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गर्नुभएकोमा ट्रम्पलाई बधाईका साथमा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल र अमेरिका देशबिचको सम्बन्ध अझ बलियो हुने पौडेलको विश्वास छ ।
113
Shares