४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘कोभिड ट्रिटमेन्ट वार्ड’ संचालन

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०५:३०


कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पुर्‍याउने  उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’  संचालनमा आएको हाे  ।

प्रदेश सरकारको मातहत रहेको  हेटौंडास्थित हेटौंडा अस्पतालमा उक्त वार्ड संचालनमा ल्याइएको हो  ।

संक्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका संक्रमितको उपचार गर्नका लागि वार्ड संचालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार  उक्त वार्डमा तत्कालका लागि १० शय्या संचालनमा ल्याइएको छ । केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ ।

ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका संक्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ । अक्सिजनको मात्रा कम हुने संक्रमितलाई बढी खतरा हुन्छ ।

आइसोलेसन कक्ष पुनः संचालन

हेटौंडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः संचालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९  संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः संचालनमा ल्याइएको हेटौंडा उपमहानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको   छ  ।

आइसोलेसन कक्षमा हाल १५ शय्या छन् । यद्यपि शय्याको क्षमतालाई बढाउने तयारी भएको छ । संक्रमण पुष्टि भएर घरमा बस्न सक्ने सम्भावना नभएका संक्रमितलाई आइसोलेसन कक्षमा राखिने  स्वास्थ्य शाखाले जनाएको  छ  ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !