एमाले संसदीय दलको बैठक बस्दै
प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १०:५३

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।
संघीय संसद् भवनको ल्होत्से हलमा दिउसो एक बजे बैठक बस्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने छ ।
सङ्घीय संसद्को अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदै छ ।
226
Shares