आज सोनाम ल्होछार, तामाङ समुदायको नयाँ वर्ष
प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार ०८:४६

काठमाडौं । आजबाट सोनाम ल्होछार २८६१ सुरु भएको छ ।
आजबाट गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ । सोनाम ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।
ल्होको अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ । पर्वको मुख्य दिन भने आज मनाइन्छ ।
226
Shares