४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोनाविरुद्धको लडाईंमा खटिन एमाले नेता कार्यकर्तालाई ओलीकाे निर्देशन

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०७:५१


काठमाडौं । नेकपाले एमालेले कोभिड–१९ विरुद्धको लडाईंमा खटिन पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले सो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री समेत रहनुभएका एमाले प्रवक्ता ज्ञवालीले बैठक कोरोनाको पछिल्लो अवस्थाबारे केन्द्रित रहेको बताउनुभयो । ‘बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको लडाईंमा सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिनुभयो’– प्रधानमन्त्रीको भनाइ उदृद गर्दै ज्ञवालीले भन्नुभयो ।

पछिल्लो समय देखिएको कोरोना भाइरस खतनाक खालको रहेको भन्ने निष्कर्ष पनि बैठकले निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । कोभिड–१९ को नयाँ भेरियन्ट देखिएकाले यसकाे राेकथाम अभियानमा कसरी पार्टी परिचालन गर्ने भन्नेबारे प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएकाे उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग भएको छलफलबारे पनि जानकारी गराउनुभएको ज्ञवालीले बताउनुभयो । ‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ, भारतीय डबल म्युटेन्ट छिटो फैलन खालको रहेछ, ट्रिपल म्युटेन्ट पनि भित्रिएको पाइकाले उच्च सतर्कता अपनाएर काम गर्नुपर्छ भन्ने कुरा भयो’– ज्ञवालीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले अस्पतालमा अहिले भएका संक्रमितमध्ये धेरै अक्सिजन दिनुपर्ने भएका पाइएको सीसीएमसीको ब्रिफिङबारे पनि बताउनुभएको ज्ञवालीले जानकारी दिनुभयो । अहिलेसम्म अक्सिजनले धान्ने तर संक्रमित बढे अक्सिजन अपुग हुने भएकाले त्यसको भण्डारण बढाउने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो । ‘संक्रमित यसैगरी बढे गाह्रो हुने भएकाले अक्सिनको मात्रा बढाउने, नयाँ सिलिण्डर किन्ने, खोपको मात्रा बढाउने कुरा प्रधानमन्त्रीले सुनाउनुभयो’–ज्ञवालीको भनाइ छ ।

संक्रमण बढेको यो अवस्थामा सिंगो पार्टी पंक्ति यसकै परिचालन हुने बैठकको निष्कर्ष रहेको बताउदै उहाँले भन्नुभयो – ‘पार्टीका सबै कमिटीले जिल्लाजिल्लामा हेल्प डेस्क राख्ने, क्वारेन्टिन बनाउन सहयोग गर्ने, विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्ने, बिरामीलाई अस्पतालसम्म पुर्..याउने, गाउँगाउँमा सचेतना अभियान चलाउनेछन्’– ज्ञवालीले भन्नुभयो ।

बैठकमा लकडाउनको विषयमा छलफल भएपनि तत्काल देशव्यापी लकडाउन नगर्ने सरकारको मनस्थिति रहेको ज्ञवालीले सुनाउनुभयो । देशव्यापी लकडाउन नगर्ने र सरकारले जारी गरेका आदेश नै कडा रुपमा पालना गराउन लाग्ने निष्कर्ष बैठकले निकालेको उहाँले बताउनुभयो । तर कोरोनाको हटस्पट बनेका ठाउँमा लकडाउन गर्न सकिनेबारे पनि छलफल भएको ज्ञवालीले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !