१० फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सत्ता साझेदार राजनीतिक दलहरूको बैठक बस्दै

प्रकाशित मिति :  ३ फाल्गुन २०८१, शनिबार ०८:४५


काठमाडौं । सत्ता साझेदार राजनीतिक दलहरूको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस अघि शुक्रबार साँझ सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू सहभागी हुनुहुन्थ्यो । सोही बैठकले आज सत्ता साझेदार राजनीतिक दलको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रता, संसद्मा पेस भएका अध्यादेशहरू पास गराउने लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

 


226
Shares

प्रतिक्रिया दिनुहोस !