४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल आयो काेभिडका नयाँ भेरियन्ट पत्ता लगाउने मेसिन

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार १०:२८


काठमाडौं। काेभिड-१९ का नयाँ कुनै भेरियन्ट नेपालमा देखियो कि ? यो पत्ता लगाउने उपकरण जनस्वास्थ्य प्रयोगशालामा जडान गरिएको छ ।

काेभिडका नयाँ प्रकार अर्थात् भेरियन्टहरु आइरहेको छ । जसका कारण महामारीले विकराल रुप लिँदै गदएको छ । काेभिड-१९ ले आफ्नो रुप कति फेर्‍यो र नयाँ भेरियन्ट कुन देखा पर्यो भनी पत्ता लगाउन नेपालबाट स्वाबको नमूना विदेश पठाइने गरेको थियो ।

लक्षणका आधारमा शंकास्पद लागेका विरामीका स्वाद थप परीक्षणका लागि विदेश पठाइने गरेको छ । अब भने नयाँ भेरियन्ट पहिचान गर्ने मेसिन नेपालमै जडान गरिएको छ ।

सरकारको केन्द्रीय प्रयोगशालाका रुपमा रहेको जनस्वास्थ प्रयोगशालामा आजबाट परीक्षण मेसिन जडान गर्न थालिएको हो । ‘मेसिन राखिएको छ, सेटअप गर्ने काम भइरहेको छ’–प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले भन्नुभयो । नयाँ मेसिनबाट चाँडै नै परीक्षण थालिने गुप्ताले बताउनुभयो ।

नयाँ भेरियन्टका काेभिड-१९ को पहिचान नेपालमै गर्न सकिने भएपछि स्वाव परीक्षण गर्न विदेश पठाउन नपर्ने उहाँको भनाइ छ । अहिलेसम्म नेपालमा पिसिआर टेष्ट गर्दा पोजेटिभ र नेगेटिभ मात्र पहिचान हुने गरेको थियो । प्रयोगशालामा जडान गरिएको नयाँ उपकरणले काेभिडको भेरियन्ट ठम्याउने छ ।

काेभिड-१९ का नयाँनयाँ भेरियन्टहरु विश्वभर थपिँदै गएका छन् । युके भेरियन्ट, भारतीय डबल र ट्रिपल म्युटेन्ट भेरियन्ट, दक्षिण अफ्रिकी भेरियन्ट र ब्राजिलियन भेरियन्ट विश्वभर फैलँदै गएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !