आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलवार १०:४७

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।
मंगलवार दिउँसो १ बजे संसद् भवनमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उनले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुँदै छ ।
339
Shares