६ आश्विन २०८३, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रकृति लम्सालको हत्या प्रकरणमा निष्पक्ष छानबिन र कडा कारवाहीको माग गर्दै अनेरास्ववियु जनज्योति बहुमुखी क्याम्पसमा विरोध प्रदर्शन

प्रकाशित मिति :  18 February, 2025 6:03 pm


सर्लाही । ‘हाम्रो नेपालको चेली, हाम्रो नेपालको छोरी प्रकृति लम्सालको जुन रहस्यमयी हत्या भएको छ त्यो घटनाको निष्पक्ष छानविन भएर दोषीलाई कानुनको दायरामा ल्याएर कडा भन्दा कडा कारवाही हुनुपर्छ’ भन्दै अनेरास्ववियु स्थायी कमिटी  सदस्य समिम बाबु पठानले आज अनेरास्ववियु जनज्योति बहुमुखी क्याम्पस लालबन्दीले आयोजना गरेको विरोध प्रदर्शनमा बताउनु भएको छ ।

विरोध प्रदर्शनमा बोल्दै उहाँले नेपाल सरकार र भारतीय दुतावासबाट प्रकृति लम्साललाई न्याय मिलेन भने हातमा दही जमाएर नबस्ने भनेर समेत बताउनुभयो ।

उहाँले यदि प्रकृति लम्साललाई न्याय नमिले यो भन्दा पनि कडा आन्दोलन गर्ने  समेत उहाँले चेतावनी दिनुभयो ।


2.4k
Shares

प्रतिक्रिया दिनुहोस !