१० फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दहचाेकमा ८ औं इन्द्रदह पर्यटन उत्सव भव्यताका साथ सम्पन्न

प्रकाशित मिति :  ९ फाल्गुन २०८१, शुक्रबार २१:३८


काठमाडौं । काठमाडौंकाे चन्द्रागिरि १- दहचाेकमा ८ औं इन्द्रदह पर्यटन उत्सव भव्यताका साथ सम्पन्न भएकाे छ ।

इन्द्रदह एकीकृत पर्यटन विकास समितिकाे आयाेजनामा दहचाेक काठमाडौंकाे चन्द्रागिरि १ इन्द्र परिसरमा एक कार्यक्रमकाे आयाेजना गरि ८ औं इन्द्रदह पर्यटन उत्सव मनाईएकाे हाे

कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थाई कमिटी सदस्य पुर्व मन्त्री माननीय कृष्ण गाेपाल श्रेष्ठले इन्द्र दह एकीकृत पर्यटन पुर्वाधारकाे माध्यवाट समग्र चन्द्रागिरिकाे विकासमा अगाडि वढ्नु पर्ने भनेर बताउनुभयाे ।

पूर्व मन्त्री श्रेष्ठले दहचाेक एक ऐतिहासिक,प्राकृति र सास्कृतिक महत्त्व बाेकेकाे स्थान भएकै कारण सय गन्तव्य क्षेत्र परेकाे उल्लेख समेत गर्नुभयाे । सांसद श्रेष्ठले भन्नुभयाे-, ‘ दहचाेककाे पर्यटन विकासका लागि हामीले चरण चरणमा याेजना तर्जुमा गरिरहेका छाै,हामीले यस क्षेत्रकाे समग्र विकासका लागि र पुर्वाधार निर्माणकार्यमा जाेड दिने छाै र बजेटका लागि भनिराख्नु पर्दैन ।’

पूर्व मन्त्री श्रेष्ठले विश्वका सबै पर्यटक र सवै नेपालीहरू एक पटक दहचोक आउने वातावरण निर्माण गर्न सबैका साथ र सहयाेग आवश्यक रहेकाे औंल्याउनुभयाे ।

नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुँयालले दहचाेककाे पर्यटन विकासले समग्र राष्ट्रकाे विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनु भयाे । उनले फागुन ९ गते सधै प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम भएता पनि विशेष कारण बस आउन नपाए जानकारी दिनुभयाे । नेता फुँयाले भ्रमण वर्ष १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले समुद्घाटन गर्नुभयाे देखिनै दहचाेककाे विकास र समृद्धि आफू सँगै हिडेकाे बताउनुभयाे ।

बागमती प्रदेशका पूर्वमन्त्री माननीय केशव पोखरेलले वीर याैद्दा काजी कालुपाण्डेकाे समाधि स्थल भएकाे पवित्र भूमि दहचोक आफैमा स्वर्गका एक टुक्रा रहेको चर्चा गर्नुभयाे । पुर्व मन्त्री पाेखरेलले काठमाडौं उपत्यकाकाे समग्र पर्यटन विकासका लागि काठ सर्किट सहितको मार्ग अन्तिम चरणमा रहेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे -‘ काठमाडौंमा उपत्यकालाई सधै हराबरा बनाउन सकिए काठमाडौं खाल्डोलाई स्वच्छ हावा प्रदान गर्न याेजना बनाउनु पर्छ र ठाउँमा ठाउँबाट ठुला ताल र तलाउ निमार्ण गर्दै हरियाली कायम गर्न हामी लागेका छाै ।’ नेता पाेखरेलले दहचाेककाे विकास समृद्धिका लागि जनस्तरबाट माग भएको योजनाहरू सही सदुपयोग भए नभएको आफै अनुगमन गर्ने गरेको बताउनुभयाे ।

इन्द्रदह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले समग्र दहचाेककाे रूपान्तरण सबै दलहरू मिलेर हातेमालो गर्दै अगाडि वढेको बताए । दहचाेककाे महत्त्व र दहचाेक बासीकाे आय आर्जनमा पर्यटन र पुर्वाधारमा नगरपालिकाले त्यति चासाे नदेखाएकाे जिकिर गर्नुभयाे ।

अध्यक्ष थापाले हरेक वर्ष आयोजना हुने कार्यक्रममा नगरपालिकाले अपनत्व लिने बताए पनि कुनै चासाे नलिएकाे भन्दै दुखेसाे समेत पाेख्नुभयाे । उहाँले भन्नुभयाे – ‘ याे ८ औं उत्सव सम्म हामी आएका छौ एमालेकाे नेतृत्व र पुर्व वडा अध्यक्ष ज्युले यहाँ सम्म ल्याउनु भयाे अब अर्काे वर्ष यहि समयमा गर्दा सवारी साधन पार्किङ स्थल राम्रो बन्छ हाेला आशा गराै ।’

कार्यक्रममा चन्द्रागिरि नगर उप-प्रमुख – श्री वसन्ती श्रेष्ठ च.न.पा.१ का वडा अध्यक्ष हरिश्याम रानामगर,पूर्व वडाध्यक्ष श्री उत्तम राउत वडाध्यक्ष – १३ वडा अध्यक्ष श्री श्रीकृष्ण खत्री वडा नम्बर १५ वडा अध्यक्ष घनश्याम लुईटेल लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सञ्चालन इन्द्रदह एकीकृत पर्यटन विकास समिति सचिव सत्यराम गिरीले गरेका थिए ।


452
Shares

प्रतिक्रिया दिनुहोस !