१ चैत्र २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

प्रकाशित मिति :  १ चैत्र २०८१, शुक्रबार ०९:५८


काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं आइपुग्नु भएको छ ।

शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका लागि उहाँ नेपाल आउनुभएको हो । नेपाल आइपुग्नुभएको अलीले नेपाल मेरो दिलको नजिक रहेको बताउनुभएको छ ।

उहाँले नेपाल संसारकै सुन्दर देश समेत भएको जिकिर समेत गर्नुभएको छ । । उहाँले भन्नुभयो , ‘नेपाल मेरो दिलको नजिक छ । नेपाललाई म धेरै माया सम्मान समेत गर्छु । नेपाल संसारकै सुन्दर देश लाग्छ मलाई । मेरो गीत संगित मन पराउनु हुन्छ यसमा दर्शक र भगवानको कृपा छ ।’

११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुग्नुभएको उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, सङ्गीतकार दीपक जङ्गम र पञ्चकन्याले स्वागत गरेको थियो । अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ ।


452
Shares

प्रतिक्रिया दिनुहोस !