सूर्यविनायक नगरपालिकाले ४WD सिंगल क्याप पिकअप खरिदको सूचना जारी
प्रकाशित मिति : 19 March, 2025 11:22 am
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर प्रहरीको आवश्यकताका लागि ४WD सिंगल क्याप पिकअप सवारी साधन खरिद गर्न सार्वजनिक सूचना जारी गरेको छ। नगरपालिकाको कार्यपालिकाको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को नियम ९(क) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८१ बमोजिम सवारी साधन खरिदका लागि इच्छुक उत्पादक वा आधिकारिक वितरकहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो।
नगरपालिकाले खरिद प्रकृयालाई पारदर्शी बनाउन इच्छुक आपूर्तिकर्ताहरूलाई आफ्नो उत्पादनको आधिकारिक स्पेसिफिकेसन, गुणस्तर, मूल्य, सुविधा, वारेन्टी र फिट हुने सम्बन्धी विवरण ७ दिनभित्र नगरपालिकामा पेश गर्न आग्रह गरेको छ। साथै, स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार नगरपालिकामा रहने जनाइएको छ।
339
Shares













