आन्दोलनकारीले आगजनी सुरू गरेपछि सुरेश रजकलाई कोठाभित्र थुनेर हिँडेका थिए
प्रकाशित मिति : 29 March, 2025 10:33 am
काठमाडौं । राजावादी आन्दोलनकारीहरूले एभिन्युज टिभीका क्यापरापर्शन सुरेश रजकलाई ज्यान लिने उद्देश्यले कोठाभित्र थुनेर आगो सल्काएको पाइएको छ।
तीनकुनेको एक घरमा राजावादीहरूले रजकलाई कोठामा थुनेर घरको चेनगेटमा ताला लगाएर आगो सल्काएको पाइएको हो। रजकलाई कोठामा थुनेर ताला लगाइएको त्रासदीपूर्ण दृश्य सामाजिक सञ्जालमा आएको छ, जसको कारण उक्त घटनाको खुलासा भएको हो।
कोठामा ताला लगाएर राजावादीहरू मुखमा फेटा बाधेर हिडिरहेको दृश्य पनि उक्त भिडियोमा देखिन्छ।
कोठाभित्र थुनेका रजकले मोबाइलमा कसैलाई सम्पर्क गर्न खोजेको जस्तो देखिन्छ।
सोही कोठामा सुरेश रजकको ज्यान गएको थियो ।
678
Shares












