सूर्यविनायक नगरपालिकामा व्यवसाय नवीकरण गर्न आह्वान
प्रकाशित मिति : 22 July, 2025 8:01 am
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर भित्र सञ्चालनमा रहेका सबै उद्योग, व्यापार तथा व्यवसायहरूलाई समयमै वार्षिक नवीकरण गर्न आग्रह गरेको छ। नगरपालिकाले जारी गरेको सूचनामा आर्थिक वर्ष २०८२/८३ का लागि आर्थिक ऐन अनुसार २०८२ सालको आषाढ मसान्तभित्र व्यवसाय नवीकरण गर्नु पर्ने स्पष्ट गरिएको छ।
सूचनामा भनिएको छ, “आ.व. २०८२/८३ को नवीकरण शुल्कमा १० प्रतिशत छुट दिने प्रावधान रहेकोले, सो समयसीमाभित्र व्यवसाय नवीकरण गरेमा छुटको सुविधा पाइनेछ।” समयमै नवीकरण नगरेका व्यवसायहरूले नगरपालिकाबाट प्राप्त हुने सुविधा गुमाउन सक्ने भएकाले सबै व्यवसायीहरूलाई तोकिएको म्यादभित्रै आफ्नो व्यवसाय नवीकरण गर्न नगरपालिकाले आग्रह गरेको छ।
0
Shares













