१९ मंसिर २०८२, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आधुनिक कृषि अंगालौं, चेतना फैलाउ, गाँउ बचाउ

प्रकाशित मिति :  ३२ श्रावण २०८२, शनिबार १७:४९


— शैलेन्द्र दाहाल

काठमाडौं । आज गाँउ रित्तिदै छ । नेपालको गाँउ गाँउको अवस्था हेर्ने हो भने गाँउको जनसंख्यामा निकै गिरावट आएको छ । बसाइँसराइको दर व्यापक छ । गाँउगाउँका खेतबारी व्यापक बाझो हुनुको प्रमुख कारण भनेको बसाइँसराइ एक नम्बरको कारण हो । किनभने जब मानिस नै बसाइँसराइ गर्दछन् भने त्यो गाउँको जमिनमा कसले कृषि गर्छ ?

आज नेपालको गाँउको जमिन मात्र बाझो छैन । केही वर्षअघि सम्म खचाखच विद्यार्थी भएका स्कुल पनि बाझो हुने अवस्थामा छन् । अर्थात् स्कुलहरू अहिले धमाधम मर्जरको अवस्थामा गएका छन् । लाग्छ अबको केही वर्षमा त मर्जर हैन, स्कुल नै बाझो हुने अवस्था आउन सक्छ ।

गाउँमा युवा एकदमै न्यून छन् । गाँउमा कुनै नौलो युवा अड्याउने परियोजनाहरू कुनै पनि जाँदैनन् । यसले नेपाली गाँउको मुहार सधैँको लागि अन्धकारतर्फ डोर्याउने संकेत पनि गरेको छ ।

गाउँका धेरै घरमा वडेमानको चाबी लागेको छ । अर्थात् गाउँका रैथानेहरूले गाउँका सम्पत्ति बेचबिखन भने गरिसेका छैनन् । बेला बेलामा चाडपर्वमा गएर हेर्नको लागि चाबी लगाएर हिँड्ने गरेका छन् । अर्थात् चाडपर्व मनाउनको लागि उनीहरूले गाउँ सम्झिरहेका छन् । यसले पनि गाउँमा मानिसको आशा चाहिँ छ । तर गाउँमा टिक्ने रोजगारी नभएर उनीहरू बाध्य भएर लाखापाखा लागेका हुन सक्ने अनुमान गर्न सकिने अवस्था छ ।

नेपालीको प्रायः सबै भूभाग मानिस बसोवासको लागि सुहाउँदो भूभाग छ । सबै भूभाग केही न केही विशेष प्राकृतिक वस्तुको लागि महत्वपूर्ण भूभाग छ । सरकारले राम्रो तरकारी जोन, जडीबुटी जोन जस्ता विभिन्न प्रकारका जोनहरू बनाएर गाउँमै रोजगारी सृजना गर्ने हो भने गाँउ रित्तिने अवस्थाको अन्त्य हुने थियो ।

गाउँ बनाउने मुख्य कडी कृषि

हो, आजको मुख्य आवश्यकता भनेको कृषि नै हो । अब सरकारले आधुनिक कृषि अपनाएर नेपालको गाँउ गाँउको विकास गर्नुपर्छ । विकासलाई गाँउ गाँउमा विकेन्द्रीकरण गर्नु पर्छ । जडीबुटी हुने ठाउँमा जडीबुटी, तरकारी हुने ठाउँमा तरकारी खेती गरेर विदेश पठाए नेपालले आफ्नो आर्थिक अवस्था सुधार्नु पर्ने देखिन्छ ।

आज नेपालमा एभोकाडो निकै महँगो फलफूलमा पर्छ । आज नेपालमा किवी निकै महँगो फलफूलमा पर्छ । यस्तो फलफूलको लागि नेपालको भूमि उर्वर हो । तर नेपालमा यस्तो फलफूलको व्यापक मात्रामा खेती हुन सकेका छैन । आज नेपालीले नेपालको कृषि उपजको स्वाद चाख्न पाएका छैनन् । उर्वर भूमि हुँदा हुँदै पनि यस्तो भएको छ । आज नेपाली सजिलो कृषि छाडेर गाह्रो काम गर्न विदेश गएका छन् । यसमा सरकारले ध्यान दिनुपर्छ । चासो दिनुपर्छ ।

गाउँ बाँचे मात्र सहर बाँच्छ, सहर बाँचे मात्र नेपाल बाँच्छ ।

हो, नेपाल बाँच्नको लागि नेपाली चाहिन्छ । गाँउ गाँउमा नेपाली चाहिन्छ । गाँउ गाँउमा नेपाली भए मात्र सहर बाँच्छ । सहर बाँचे मात्र देश बाँच्छ । अर्थात् देश बाँच्नको लागि गाँउ नै चाहिन्छ । देशको सुन्दर पक्ष भनेको गाँउ नै हो ।
आज गाँउ रोजगारी नभएर बाहिरिएको छ । रोजगारी नहुनुमा चेतनाको कमी मैले देखेको छु । कृषि उपजको महत्व नबुझिएको मैले देखेको छु । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ । गाउँ बचाएर देश जोगाउनु पर्छ ।

हिजो गाँउमा मोटर पुगेको थिएन । सडक थिएन । गाँउ थियो । आज सबै पुगेर पनि गाउँ रित्तिन थालिसकेको छ । यसले गाउँको महत्वलाई घटाउने काम गरेको छ । नेपालमा गाउँको महत्व धेरै छ । गाउँमा धेरै संस्कृति छ । रीतिरिवाज छ । यसलाई जोगाउन गाउँ जोगाउनु पर्छ । गाउँ जोगिए मात्र नेपाल जोगिन्छ ।

आज गाँउमा उन्नत जातको कृषि जन्य वस्तुको खेती गर्ने हो भने गाउँमा राम्रो आम्दानी भित्रिने सम्भावना देखिन्छ । यसमा सरकारको ध्यान जान जरुरी छ ।


5k
Shares

प्रतिक्रिया दिनुहोस !