देशलाई जगाउने र जोगाउने एउटा नारा
नेकपा एमालेका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले देशलाई जगाउने र जोगाउने एउटा नारा भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ। उहाँले नेकपा एमालेले जनताको बहुदलीय जनवाद त्यागेको हो ? अहिले यो प्रश्न उठाएर व्यापक हल्लाखल्ला गरिँदैछ । यस्तो हल्लाखल्ला बीचमा एमालेले राष्ट्रको जीवनमा तरंग ल्याउने गरी एउटा नारा दिएको छ । त्यो नारा हो ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ । भन्दै भिडियोमा बोल्नुभएको छ।
उहाँले बोल्नु भएको कुरा यस्तो छ, ‘नेकपा एमालेले जनताको बहुदलीय जनवाद त्यागेको हो ? अहिले यो प्रश्न उठाएर व्यापक हल्लाखल्ला गरिँदैछ । यस्तो हल्लाखल्ला बीचमा एमालेले राष्ट्रको जीवनमा तरंग ल्याउने गरी एउटा नारा दिएको छ । त्यो नारा हो ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ । यो नाराले देशलाई हल्लाएको छ, जगाएको छ । निराशालाई परास्त गर्दै देशलाई जगाउने, जोगाउने र देशलाई अघि बढाउने काम यो नाराले गर्छ । यो नारा अबको नेपालको मूल मन्त्र हो ।
एमालेको यो नारा विधान महाधिवेशनका लागि हो । यो नारा अति गहिरो र धेरै नै अर्थपूर्ण छ । यो नाराले देशको वर्तमान र भविष्य दुवै बोकेको छ । यो नारामा १२ शब्द छ । तर, यो १२ शब्द पछाडि ठूलो दर्शन र विचार छ । यो नारा पछाडि कस्तो दर्शन र विचार छ भन्ने नेकपा एमालेका कार्यकर्ताले पनि बुझेका छन् । सर्वसाधारण जनताले पनि धेरै हदसम्म बुझेका छन् ।
एमाले विरोधीहरुले त झनै बुझेका छन् । त्यसैले यो नारा अहिले चर्चा र बहसको केन्द्रविन्दू बनेको छ । भन्दै उहाँले अब म एमालेले जबज त्यागेको हो ? भन्ने प्रश्नमा केही बताउँछु ।
एमालेले जबज त्यागिदेओस् भनेर यहाँ धेरै मानिसहरु धेरै शक्तिहरु प्रार्थना गरेर बसिरहेका छन् । एमालेले जबज त्याग्ने कुरै आउँदैन । एमालेले जबज त्यागोस् भनेर प्रार्थना गर्नेहरुको अर्काे पनि इच्छा छ, एमालेले जबजमा उभिएर यसको विकास र विस्तार नगरोस् । म फेरि भन्छु, एमालेले जबज त्यागोस् भनेर प्रार्थना गर्नेहरुको अर्काे पनि इच्छा छ, एमालेले जबजमा उभिएर यसको विकास र विस्तार नगरोस् ।
देश, समाज, विश्व सबैको परिस्थिति परिवेश फेरिइसक्यो । मानिसको चेतनाको स्तरमा व्यापक फेरबदल आइसक्यो । चिन्तन शैलीमा परिवर्तन आइसक्यो । विज्ञान प्रविधिको विकासले मानिसको आकांक्षा र चाहना फेरियो । माकर््सवाद लेनिनवादमा उभिएर नयाँ नयाँ चिन्तन आइसक्यो । पूँजीवाद र समाजवादको अवधारणाले आफूलाई निरन्तर परिवर्तन गरिरहेको छ । नेपालको राष्टिय समस्या, आवश्यकता र परिवेश फेरिइसक्यो । यस्तो अवस्थामा एमालेले चाहिँ जबजको विकास र विस्तार गर्न हुँदैन, जबजलाई धर्मशास्त्र जसरी मानिरहन पर्छ भन्ने उनीहरुको मान्यता छ ।
जबज जीवन्त विचार हो, त्यसैले यसमा परिमार्जन, परिष्कार भइरहन्छ र हुनुपनि पर्छ । जबजमा उभिएर नयाँनयाँ विचार र दर्शन आउनुपर्छ ।
एमाले जबजलाई आत्मसात गर्दै यसैको आधारमा वैचारिक उचाई हासिल गर्न चाहन्छ । अबको युगमा विचार मात्र भएर हुँदैन, कार्यक्रम र विचार बीच तालमेल हुनुपर्छ । यही मान्यतामा उभिएर ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा आएको हो ।
नाराले विचार र दर्शन बोकेको हुन्छ र हुनु पनि पर्छ ।
अब ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराले बोकेको विचार दर्शनको बारेमा म संक्षिप्तमा चर्चा गर्छु ।
निर्णायक राष्टिय शक्ति निर्माण देशको आवश्यकता हो । नेपालको अविकासको एउटा मुख्य कारण राजनीतिक अस्थिरता हो । राजनीतिक अस्थिरता भनेको क्यान्सर जस्तो हो, क्यान्सरले शरीरलाई भित्रभित्रै गलाए जस्तै राजनीतिक अस्थिरताले देशलाई गलाउँछ । निर्णायक राष्टिय शक्ति निर्माणको आवश्यकता धेरै कारणले परेको देखिन्छ । नेपालको आवश्यकता विकास र समृद्धि हो, समृद्ध नेपाल, सुखी नेपाली हो । यो लक्ष तथा उद्देश्य प्राप्तिका लागि निर्णायक राष्टिय शक्ति चाहिन्छ । निर्णायक राष्टिय शक्ति नेपालको आवश्यकता हो, निर्णायक राष्टिय शक्ति बिना नेपाल अगाडि बढ्न नसक्ने अवस्था छ ।
निर्णायक राष्टिय शक्ति कस्तो हुन्छ या हुनुपर्छ ? यो प्रश्नमा विचार गरौं । निर्णायक राष्टिय शक्ति भनेको बहुमत ल्याएर सरकार बनाउन सक्ने, सरकार बनाएपछि समृद्ध नेपाल सुखी नेपालीको अवस्था सिर्जना गर्न सक्ने हुनुपर्छ । यस्तो सामथर््य र वैचारिक आधार भएको पार्टी नेपालमा नेकपा एमाले मात्र हो । साधारण भाषामा भन्नपर्दा केन्द्र र प्रदेशहरुमा बहुमत ल्याएर सरकार बनाउनु नै राष्टिय शक्तिको प्रस्थान विन्दु हो ।
लोकतान्त्रिक संसदीय व्यवस्थामा बहुमत ल्याएर सरकार बनाउनु साधारण विषय लाग्छ होला । नेपालमा भने साधारण विषय होइन । हामीले संविधान बनाउँदा यस्ता गल्ती गरेका छौं कि कुनै पार्टीको बहुमत आउन गाह्रो छ । प्रत्यक्षमा ६० प्रतिशत निर्वाचित हुने र समानुपातिकबाट ४० प्रतिशत निर्वाचित हुने व्यवस्थाले बहुमत ल्याउन गाह्रो हुन्छ ।
कसैको बुहमत नआउने यस्तो व्यवस्थाका कारण निजी स्वार्थले प्रेरित सानासाना पार्टी खोल्ने, दुई चार सिट ल्याउने पार्टीहरु हावी हुने अवस्था आयो । यो अवस्थाको समाधान भनेको संविधान संशोधन गर्नु हो, संशोधनका लागि दुई तिहाई चाहिन्छ । साना पार्टीहरु आफ्नो हालीमुहाली गुम्न नदिनका लागि दुई तिहाई पुग्न दिँदैनन् । अर्काे समाधान भनेको यही संवैधानिक व्यवस्था अनुसार जनतासँग बहुमत माग्ने हो । यही अवस्था र व्यवस्थाभित्र बसेर न्यूनतममा साधारण बहुमत हासिल गर्ने, अधिकतममा दुई तिहाई बहुमत हासिल गर्ने राष्टिय शक्ति चाहिएको छ । यसैका लागि राष्टिय शक्ति भनिएको हो । राष्टिय शक्तिको आवश्यकता विश्व राजनीति, विश्वव्यापी तनाव, नेपालको भूराजनीतिक अवस्थाले पनि सिर्जना गरेको हो ।
जबजले प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थाको परिकल्पना गरेर नेपाललाई यो ठाउँमा ल्याइपुराएको छ । अबको आवश्यकता निर्णायक राष्टिय शक्ति निर्माण बनेको छ । बहुदलीय जनवाद भनेर मात्र अब नपुग्ने भयो, निर्णायक राष्टिय शक्तिको आवश्यकता पर्न गयो । यो आवश्यकता अनुसार एमालेले आफूलाई परिमार्जित र परिष्कृत गर्दा जबज त्यागेको ठहरिन्छ र ? त्यसैले एमालेले जबज त्याग्यो भन्नेहरु देखेर मलाई हास उठ्छ, उनीहरुको वौद्धिक स्तर देखेर कठै भन्न मन लाग्छ ।
समृद्ध नेपाल सुखी नेपाली भन्ने अवधारणा नेपालका लागि महान अवधारणा हो, महान विचार हो । समृद्ध नेपाल सुखी नेपाली अवधारणा नेकपा एमालेको मात्र नभएर देशकै राष्टिय लक्ष बनिसकेको छ ।
यस बारेमा धेरै छलफल बहस भइसकेको छ, आगामी दिनमा पनि हुनेछ । आगामी दिनमा यस विषयमा पनि म आफ्नो विचार यस्तै भिडियोमा राख्दै जानेछु । भन्दै उहाँले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ यो नाराले आजको नेपालको आवश्यकता र वास्तविकता बोकेको छ । यो नारा पछाडिको दर्शन र विचार केके छ ? यसको प्रणेता र व्याख्याता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । केही वर्ष अघिदेखिका उहाँका लेख, भाषण, अन्र्तवार्ताहरुमा यो विचार र दर्शनको धेरै पक्ष उजागर भइसकेको छ ।
त्यसैले हामीले केपी ओलीलाई सुन्न पढ्न र बुझ्न आवश्यक छ । भन्दै उहाँले अन्तिममा भन्नुभएकाे छ , ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा मेरो हो, तपाईंको हो, हाम्रो हो र सम्पूर्ण नेपाली जनताको हो । ‘भनेर बताउनुभएकाे छ











