२१ मंसिर २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उद्यमशिलता कुरा मात्र होइन, व्यवहारमा लागू गरौं

प्रकाशित मिति :  १२ भाद्र २०८२, बिहीबार १५:२७


– चेत नाथ न्यौपाने

अहिले नेपाली नेताहरूले नेपालमा उद्यमशिलताको विकास गर्नु पर्छ, उद्यमशिलतामात्र नेपालको भविष्य छ भन्ने कुरा बताएका छन्। यो उद्यमशीलताको कुरा नेताहरूले मात्र होइन, नेपालको हरेक विश्वविद्यालयहरूमा पनि पढाउँदै आएको र हरेक विश्वविद्यालयहरूमा चर्चाको विषय बनेको धेरै विद्यार्थीहरूको मुखबाट पनि सुन्दै आएको छु। मैले विभिन्न पुस्तकहरू पढ्दा र ती विद्यार्थीहरूको मुखबाट सुन्दा पनि अहिले विश्वभरि उद्यमशीलताको कुरा उठिरहेको पाएको छु। मेरो अध्ययन र अनुभवले पनि अब नेपाल र विश्वले उद्यमशीलतामा ध्यान दिनु पर्छ भन्ने मलाई लागेको छ।

मैले विश्वका केही मुलुकहरू घुमिसकेको छु, तर उद्यमशीलताका उदाहरण दिनको लागि म चीनलाई जोड दिन्छु। मैले चीनको शहरदेखि ग्रामीण क्षेत्रहरूमा धेरै गहिरो अध्ययन गरेको छु। मैले अध्ययनबाट के पाएको छु भने, आजको चीनको निर्माणमा उद्यमशीलताले महत्त्वपूर्ण भूमिका निभाएको छ । मैले चीनको घर घरमा उद्योग पाएको छु, घर घरमा आर्थिक समृद्धि पाएको छु। घर घरमा कसरी सम्पन्न हुने भन्ने चाहना र जिज्ञासा पाएको छु। यो सबै उद्यमशीलताले नै सम्भव बनाएको हो भन्ने मेरो बुझाइ छ।

नेपालका विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूको मुखबाट मैले सुनेको छु कि नेपालको शिक्षा प्रणाली खासै व्यवहारिक छैन, सैद्धान्तिक मात्र छ। तर मैले चीन घुम्दा र विभिन्न मानिसहरूलाई सोध्दा, उनीहरूबाट आएको जवाफ भनेको चीनको शिक्षा व्यवहारीक छ। श्रम र शिक्षा दुबै पक्षलाई चीनले ध्यानपूर्वक सदुपयोग गरेको छ, जुन चीनको विकासको एक कडी भएको मैले पाएको छु।

चीनले उद्यमशीलतालाई किताबमा नभएर, व्यवहारमा उतारेको छ भन्ने कुरा मैले अनुभव गरेको छु।

नेपालको कुरा गर्दा, विभिन्न नेताहरूले उद्यमशीलताको कुरा गरे पनि, नेपालमा उद्यमशीलता व्यवहारिक रूपमा अघि बढ्न सकेको छैन। उद्यमशीलताको बजारकरण गर्न सकेको छैन। अर्थात्, उद्यमशीलताको जनचेतना गाउँ गाउँमा फैलाउन सकेको छैन। यसले नै नेपाललाई अर्थिक अस्थिरतामा पुर्याएको जस्तो मैले बुझेको छु।

अर्को कुरा, धेरै नेपालीहरूले घर घरमै कच्चा पदार्थको उत्पादन गरेर कच्चा पदार्थ नै बचाएको पाएको छु। कच्चा पदार्थलाई घरमै साना घरेलु उद्योगहरूले प्रशोधन गरेर फाइनल वस्तु बनाएर बजारमा विक्रि गर्नको कुरामा नेपाल चुकेको पाएको छु । त्यस कुरामा नेपाल सरकारले विशेष ध्यान दिन अवाश्यक छ ।

अहिले चीन विश्वको धेरै कुरामा नम्बर एक शक्ति राष्ट्र हो। आजको चीनको निर्माण र शक्ति राष्ट्रको निर्माणमा चीनको प्रमुख कडी उद्यमशीलता नै हो। त्यसैले पनि नेपालीहरूले चीनबाट सिकेर भए पनि उद्यमशीलतामा जोड दिनु पर्छ भन्ने मलाई लागेको छ।

 

जसरी चीनलाई संमृद्ध बनाउन उद्यमशिलताले सघायो नेपालाई पनि समृद्ध बनाउन उद्यमशिलताले पक्कै पनि सहयोग गर्छ यसमा कुनै शंका छैन । तर सरकारले बस्तुको उत्पादन विक्ति वितरणमा पुरै ध्यान दिन आवाश्यक छ ।


6k
Shares

प्रतिक्रिया दिनुहोस !