२० मंसिर २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एससीओ शिखर सम्मेलन: नेपालको सहभागिता र केपी ओलीको नेतृत्व

प्रकाशित मिति :  १४ भाद्र २०८२, शनिबार १९:४२


नेकपा एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले एकदमै सम्वेदनशिल भएर समाजिक संजालमा एक भिडियो पोष्ट गर्नु भएको छ । उहाँले विश्वमा केपी ओलीले चम्काउँदै देशको नाम, तैपनि विरोध किन ? भन्दै एक भिडियो पोष्ट गर्नु भएको छ ।

 

एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले प्रधानमन्त्री केपी शर्मा ओली अति अति अति नै महत्वपूर्ण विदेश भ्रमणमा जान लाग्नुभएको छ । उहाँको भ्रमण हुन लागेको देश हो चीन हाे भन्दै उहाँले चीन भ्रमणमा प्रधानमन्त्रीको दुईटा कार्यक्रम छ । एउटा कार्यक्रम हो सांघाई कोओपरेशन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिने । सांघाई कोओपरेशन अर्गनाइजेसनलाई छोटकरीमा एससीओ भनिन्छ । अर्काे कार्यक्रम हो जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धको ८० औं वार्षिकोत्सवमा सहभागी हुने । यसलाई विजय दिवस भनिन्छ ।

एससीओको शिखर सम्मेलनमा नेपाल सहभागी भएको यो पहिलो पटक हो । अर्काे शब्दमा भन्ने हो भने शिखर सम्मेलनमा नेपाललाई निम्ता गरिएको यो पहिलो पटक हो । नेपाल सन् २०१६ देखि नै एससीओको डाइलग पार्टनर हो । नेपाल डाइलग पार्टनर बनेको पनि केपी ओलीकै पालामा हो । अर्थात्, पहिलो कार्यकालमा प्रधानमन्त्री भएको बेला केपी ओलीले नेपाललाई एससीओको डाइलग पार्टनर बनाउनुभएको हो ।

प्रधानमन्त्रीको हरेक विदेश भ्रमण महत्वपूर्ण हन्छ । तर, यो भ्रमण असाधारण महत्वको छ । यसको कारण म व्याख्या गर्छु ।

यो भ्रमण अति नै महत्वको हुनुको कारण बुझ्न एससीओ बुझ्नुपर्छ । अहिले विश्वव्यापी द्धन्द र ध्रुवीकरण बढिरहेको छ । अमेरिका नेतृत्वको पुरानो विश्व व्यवस्था कमजोर बन्दै छ । चीनको नेतृत्वमा ग्लोबल साउथको उदय भइरहेको छ । ग्लोबल नर्थ भनेको अमेरिका, युरोप तथा धनी र विकसित देशहरु हुन्, ग्लोबल साउथ भनेको पछिल्लो कालमा विकसित बनेका देशहरु तथा विकाससील देशहरु हुन् ।

एससीओ, ब्रिक्स लगायतका संगठनहरु ग्लोबल साउथका प्रतिनिधि संगठनहरु हुन् । ब्रिक्सलाई भत्काउने भनेर त अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा समेत गरेको हो । नेपालका लागि ब्रिक्स र एससीओ दुवैको महत्व भए पनि एससीओ धेरै महत्वको छ । कारण के हो भने नेपाल ब्रिक्समा सहभागी छैन, एससीओमा भने डाइलग पार्टनर छ । नेपालले सन् २०१६ मा त्यसबेलाका प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जानुभएको बेला नेपाल डाइलग पार्टनर बन्ने सम्झौता भएको थियो ।

एससीओ विशाल क्षेत्रीय संगठन हो । विश्वको सबैभन्दा ठूलो संगठन संयुक्त राष्ट्रसंघ हो । राष्ट्रसंघपछिको ठूलो संगठनका रुपमा एससीओ र ब्रिक्सलाई लिन सकिन्छ ।

यति ठूलो संगठनमा सहभागिताबाट नेपालले अन्तराष्ट्रिय मञ्च पाउँछ, विश्वव्यापी एक्सपोजर पाउँछ । नेपालले आफ्नो अडान र विश्वदृष्टिकोण राख्ने मौका पाउँछ । विश्वमा नेपालको हैसियत देखाउने मौका पाउँछ । नेपाल अरुको सुन्ने हैसियतको देश मात्र होइन, आफ्नो कुरा सुनाउने हैसियतको देश हो भन्ने देखाउन पाइन्छ । यति ठूलो संगठनमा सहभागिता हुँदा नेपालको राष्ट्रिय प्रतिष्ठा बढ्छ, नेपालको शान्तिप्रिय र असंलग्न छवी स्थापित गर्न पाइन्छ । प्रधानमन्त्रीले एससीओ प्लसमा सम्बोधन समेत गर्दै हुनुहुन्छ । तपाईंहरुलाई थाहै छ, नेपाल र नेपालीको राष्ट्रिय प्रतिष्ठा बढाउन तल्लीन केपी शर्मा ओलीको सम्बोधन असाधारण हुन्छ । उहाँको सम्बोधनले विश्व नेताहरु प्रभावित हुने विश्वास सारा नेपालीलाई छ ।

एससीओ जस्तो विशाल विश्व मञ्चमा नेपालको सहभागिता असाधारण विषय हो । केपी ओली प्रधानमन्त्री हुनुहुन्थेन भने शायद नेपाल एससीओको डाइलग पार्टनर बन्दैनथ्यो होला । केपी ओली अहिले प्रधानमन्त्री हुनुहुन्नथ्यो भने डाइलग पार्टनरको हैसियतले नेपालले निम्ता पाउँदैनथ्यो होला । त्यसैले मैले भन्ने गरेको छु, उग्र र अविवेकी कुरा गर्ने नेताले देश डुबाउँछ, केपी ओली जस्ता परिपक्व, अडान लिन सक्न र विश्व राजनीति बुझेका नेताले देशको प्रतिष्ठा उचा बनाउँछ । भन्दै थापाले एससीओ समिटबाट नेपालले तत्कालै प्रत्यक्ष केही पनि पाउँदैन । अरु देशले पनि केही पाउने होइन । यस्ता संगठनमा सहभागिताले दिर्घकालीन लाभ पाइन्छ । बहुपक्षीय सम्मेलनका धेरै लाभ हुन्छ । जस्तो कि प्रधानमन्त्री ओलीले कैयन देशका सरकार तथा राष्ट्रप्रमुखहरुसँग द्धिपक्षीय वार्ता गर्दै हुनुहुन्छ । द्धिपक्षीय वार्ताका क्रममा सम्बन्धित देश र हाम्रो देश बीच सम्बन्ध बढ्छ ।

मैले एससीओको महत्व बताएँ, त्यसमा नेपालको सहभागिता बताएँ, एससीओमा नेपालको सहभागितामा केपी शर्मा ओलीको योगदान बताएँ ।

अब मैले भन्न बाँकी कुरा दुईटा रह्यो । भन्दै उहाले जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धको ८० औं वार्षिकोत्सव अर्थात् विजय दिवसमा नेपालको सहभागिता किन ? अर्काे कुरा हो, चीन गएर प्रधानमन्त्रीले नेपालको भूमि मिचिएको बारेमा कुरा उठाउनुहुन्छ कि हुन्न भन्ने प्रश्न ।

विजय दिवसमा नेपालको सहभागितालाई लिएर कैयनले प्रश्न उठाएका छन् । यसो गर्दा नेपालको जापानसँग सम्बन्ध बिग्रन्छ भन्दैछन् । निकै कोकोहोलो नै मच्चाउँदै छन् । केपी ओलीको नेतृत्वमा नेपालको प्रतिष्ठा बढेकोमा डाहा लाग्नेहरुले विजय दिवसमा सहभागिताको विरोध गरिरहेका हुन् । यसमा मेरो के भनाई छ भने नेपालको प्रतिष्ठा बढाउने काम जुनसुकै प्रधानमन्त्रीले गर्छ भने पनि साथ दिनुपर्छ । अर्काे कुरा, देशभित्र प्रधानमन्त्रीको विरोध समर्थन गर्न सकिन्छ, पाइन्छ । तर, विदेशमा विश्व मञ्चमा जाँदा प्रधानमन्त्रीको विरोध गर्नु ठिक होइन ।

विजय दिवसमा दर्जनौं देशका प्रतिनिधिहरुले भाग लिँदैछन् । कतिसम्म भने जापानी प्रतिनिधि मण्डलले पनि भाग लिँदैछ । यो समारोहमा नेपालको सहभागिता धेरै कारणले महत्वपूर्ण छ । विजय दिवसको विभिन्न पक्ष र नेपालको भूमिका, यो विषयसँग गासिएको नेपालको पीडादायी इतिहासबारे म भरेभोलि नै बेग्लै भिडियो बनाएर तपाईंहरु समक्ष प्रस्तुत हुनेछु ।

अब कुरा गरौं प्रधानमन्त्रीले लिपुलेक सम्बन्धमा चीनमा कुरा उठाउनुहुन्छ कि हुन्न भन्ने बारेमा । चीनमा प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी चिन फिङ लगायत विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुसँग भेट हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने अनिश्चित छ । प्रधानमन्त्री ओलीलाई विजय दिवसमा निम्ता गरिएको छ तर मोदीलाई निम्ता गरिएको छैन । एससीओ समिट भदौ १५ र १६ गते हुँदैछ भने विजय दिवस समारोह १८ गते छ । यो कारण मोदी पहिले नै चीनबाट फर्कनुहुनेछ भने ओली दुई दिन धेरै बस्नुहुनेछ । यसकारण उहाँहरु बीच भेट नहुन पनि सक्छ ।

प्रधानमन्त्री ओलीले एससीओ प्लसमा सम्बोधन गर्नुहुनेछ । त्यसमा दुई देशको समस्या बोलिँदैन । त्यो सामूहिक र निर्धारित विषयमा मात्र बोलिन्छ । त्यसकारण एससीओ प्लसको सम्बोधनमा प्रधानमन्त्रीले लिपुलेकको बारेमा बोल्ने कुरै आउँदैन । समिटमा भारत र पाकिस्तान दुवै सहभागी छन् । उनीहरुले पनि आपसी समस्याका बारेमा बोल्दैनन् ।

हाम्रो प्रधानमन्त्रीले कुरा उठाउने भनेको द्धिपक्षीय भेटमा हो । प्रधानमन्त्री ओलीको मोदीसँग भेट भयो भने अवश्य पनि लिपुलेकको कुरा उठाउनुहुन्छ । सी चिनफिङसँग प्रधानमन्त्रीको भेट हुँदैछ, सीसँग ओलीले अवश्य आफ्ना कुरा राख्नुहुनेछ ।

मैले विगतमा पनि भनेको हो, अहिले पनि भन्छु, केपी ओली भनेको केपी ओली हो, देश र जनताको पक्षमा कुरा राख्न र आफ्नो अडान प्रस्तुत गर्न केपी ओलीले कुनै मौका छाड्नुहुन्न ।

अन्त्यमा म एउटा अपिल गर्छु, हाम्रा प्रधानमन्त्री विश्वले ध्यानपूर्वक हेरिरहेको दुईटा महत्वपूर्ण कार्यक्रममा सहभागी हुन चीन जानुभएको छ । उहाँलाई सारा नेपालीले साथ र समर्थन दिनुपर्छ । केपी ओलीको ठाउँमा जोसुकै प्रधानमन्त्री भए पनि विदेश जान लागेका प्रधानमन्त्रीलाई समर्थन दिएर बलियो बनाएर पठाउनुपर्छ । यो नै नागरिक कर्तव्य हो भन्ने मेरो दृढ विश्वास छ भनेर एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले बताउनुभएकाे छ ।


6.6k
Shares

प्रतिक्रिया दिनुहोस !