२० मंसिर २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनुशासन र मार्गदर्शनको अर्को नाम शंकर पोखरेल

प्रकाशित मिति :  २ कार्तिक २०८२, शनिबार २१:३१


– गोपाल ओली

राजनीतिमा अनुशासन के हो भन्ने प्रश्न उठ्दा, त्यसको प्रष्ट उत्तर दिन सक्ने व्यक्तित्व भनेका शंकर पोखरेल हुन्। हो, शंकर पोखरेल — नेपाली राजनीतिका एक अत्यन्त अनुशासित, धैर्यशील र दृढ व्यक्तित्व हुन । उहाँको अनुशासन, विचार र व्यवहारले नेपाली राजनीतिमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।

जेनेजी आन्दोलन र राजनीतिक परिवेश

भदौ २३ र २४ गतेको जेनेजी आन्दोलन ले नेपालको राजनीतिक इतिहासमा गहिरो छाप छोड्यो। शान्त र उद्देश्यपूर्ण आन्दोलनमा जब बाह्य स्वार्थ र घुसपैठ मिसिए, त्यसले आन्दोलनलाई नयाँ मोडमा पुर्‍यायो। सिस्टममा स्थिर रूपमा चलिरहेको देश अचानक अव्यवस्थित बन्यो। त्यसपछि विदेशी हस्तक्षेप र स्वार्थी राजनीतिक चलखेल बढ्दै गयो।

केपी शर्मा ओलीको नेतृत्वमा चलिरहेको सरकार ढलेपछि संविधान विपरीत ढंगले नयाँ सरकार गठन भयो।
देश र दल दुवै संकटमा परेका बेला विभिन्न राजनीतिक पात्रहरू व्यक्तिगत स्वार्थका लागि उत्तेजित भएर बोले, विवादमा उत्रिए। तर, त्यही कठिन क्षणमा शंकर पोखरेलले देखाएको संयम, शालीनता र अनुशासन सम्पूर्ण नेपाली राजनीतिज्ञका लागि अनुकरणीय बन्यो। उहाँको धर्यताले संकटको घडीमा पनि कसरी विवेकपूर्ण ढंगले अघि बढ्न सकिन्छ भन्ने गहिरो सन्देश दिएको छ।

किन शंकर पोखरेल अनुशासित नेता हुन् बुझौं।

जुनसुकै क्षेत्रमा होस् — विद्यार्थी, व्यवसायी वा राजनीतिज्ञ — अनुशासनमा बस्ने मानिस नै प्रगतिको मार्गमा अघि बढ्छ।
अनुशासनविहीन जीवन न घरमा सफल हुन सक्छ, न समाजमा। देशमा हलचल, विवाद र आरोप–प्रत्यारोपका बीच पनि
शंकर पोखरेल कहिल्यै विचलित हुनु भएन। जब विभिन्न नेताहरूले ‘आजै नेतृत्व छोड’, ‘भोली हट’ भन्ने दबाब आउथ्याे तब पनि उनी अनुशासन भन्दा वाहिर कहिल्यै जानुभएन । सबै मिलेरै अघि वढ्नु पर्छ भन्ने उहाँकाे भावना सधै झल्कन्थ्यो । ,
उहाँले भने संयमका साथ “संगठन बलियो बनाउन धैर्य चाहिन्छ, नेतृत्वलाई समर्थन गर्नुपर्छ” भन्ने सन्देश दिनुभयो। उहाँले

उहाँको अभिव्यक्तिमा व्यक्तिगत स्वार्थ होइन, सामूहिक जिम्मेवारीको भाव झल्किन्छ। ‘यदि दोष देख्नुपर्छ भने त्यो एक व्यक्तिमा होइन, समग्र पंक्तिमा खोज्नुपर्छ’ भन्ने उहाँको भनाइले संगठनप्रतिको निष्ठा र नेतृत्वप्रतिको सम्मान स्पष्ट देखाउँछ।

अभिभावकप्रतिको निष्ठा र धैर्यता

पार्टी नेतृत्वलाई अभिभावकको रूपमा सम्मान गर्दै उहाँले हिँडेको राजनीतिक यात्राले अनुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। संकटको बेला नेतृत्व परिवर्तन होइन, सुदृढ सहकार्य र आत्मसमीक्षा आवश्यक हुन्छ भन्ने उहाँको धारणा उहाँको गहिरो सोच र निष्ठाको प्रमाण हो। शंकर पोखरेलले देखाएको धैर्यता र संगठनप्रतिको प्रतिबद्धता नेपाली राजनीतिका लागि प्रेरणाको स्रोत हो। उहाँबाट सिक्न सकिने कुरा स्पष्ट छ — संकटमा विवेक, प्रतिस्पर्धामा संयम, र सफलता पर्खने धैर्यता।

उहाँले केपी शर्मा ओलीको नेतृत्वालाई सधै साथ र सहयोग नै गर्नुभयो । संकटको वेलामा नेतृत्वको बचाउ गर्नु पर्छ भन्ने भाव उहाँमा झल्कन्थ्यो । उहाँले सधै केपी शर्मा ओलीको नेतृत्वलाई अनुशासनमा बसेर समर्थन नै गर्नुभयो ।

अन्त्यमा अभिभावकलाई अभिभावकको स्थानमा राख्ने, संगठनलाई परिवारको रूपमा हेर्ने, र अनुशासनलाई आफ्नो जीवन दर्शन बनाउने नेता शंकर पोखरेल जस्तो विरल व्यक्तित्व नै हुन्। राजनीतिमा अनुशासनको परिभाषा खोज्ने हो भने — त्यो कुनै पुस्तकमा होइन, शंकर पोखरेलको आचरण र धैर्यमा भेटिन्छ।

-गाेपाल ओली नेकपा एमाले   लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । 


37.6k
Shares

प्रतिक्रिया दिनुहोस !