१६ आश्विन २०८३, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जहाज थपेर मात्र निगम सुध्रिँदैन, कठोर निर्णय लिने बेला आयो : पर्यटनमन्त्री पौडेल

प्रकाशित मिति :  2 October, 2026 12:23 pm


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री खडकराज पौडेलले नेपाल वायु सेवा निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताएका छन् । उनले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्राउनुको औचित्य नहुने पनि बताए ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान प्रशासनिक ढाँचा र व्यवस्थापकीय कमजोरीमा सुधार नआएसम्म जहाज थपेर मात्रै निगमको साख उकास्न नसकिने बताएका हुन् ।

यदि यस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने हालसम्म बन्द भइसक्ने उनले बताए । ‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त गम्भीर छ । निजी कम्पनी भएको भए यो अवस्थामा लिक्विडेसनमा जाने अवस्था आउन सक्थ्यो । तर यो नाफा कमाउन मात्र स्थापना भएको संस्था होइन, राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको संस्था हो । त्यसैले निगममा मेजर रिफर्म र पुनर्संरचना आवश्यक छ,’ उनले भने ।


मन्त्री पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने मात्र संस्था नभई राष्ट्रिय गौरव र ध्वजावाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !