४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिडले उग्ररुप लिदैँ एकै दिन थपिए ४५२४

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार १२:१९


काठमाडौं । नेपालमा काेभिड-१९ संक्रमणकाे बाढी बढ्दै गएकाे छ ।

गत २४ घण्टामा मात्र देशभर ४  हजार ५ सय २४ संक्रमित थपिएका छन् । १५ हजार ६ सय ८१ वटा नमुनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा संक्रमण देखिएकाे छ । १ हजार ९ जनाकाे एन्टिजेन परीक्षण गर्दा १ सय ६० जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

जसमा  काठमाडौं उपत्‍यकाका मात्र १ हजार ९ सय ६६ जना छन् । काठमाडौंमा १ हजार ६ सय २, ललितपुरमा २ सय ४० र भक्तपुरमा १ सय २४ जना संक्रमित थपिएका हुन् । ‍याेसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ । तीमध्ये २ लाख ७८ हजार ५ सय ६ जना निकाे भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमितकाे ज्यान गएकाे छ । १८ संक्रमितको ज्यान गएकाे तथ्यांक पनि मंगलबार प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ पुगेको छ । देशभर ५८ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !