४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वास्थ्यकर्मीलाई सरकारले बिदा नदिने

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार १३:३७


काठमाडौं । स्वास्थ्यकर्मी एवं चिकित्सकलाई सरकारले बिदा नदिने भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले अस्पतालमा सेवा लिन आउने बिरामीको प्रभावकारी व्यवस्थापन र उपचारका लागि सो निर्णय गरेको हो । बैठकले बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि निर्देशन दिएको छ ।

हाल रहेका कर्मचारी मध्ये ५० प्रतिशतको पालो निर्धारण गरी सेवा दिने व्यवस्था पनि बैठकले मिलाएको छ । अस्पतालको दरबन्दी अनाुसार कुनै पद रिक्त भए तत्काल नै जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि आजको बैठकमा भएको छ । ६ महिनाको करार सेवामा कर्मचारी भर्ना गर्ने व्यवस्था मिलाइने बैठकले तय गरेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !