४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोना र अन्य बिरामीका लागि फरक एम्बुलेन्स सेवा

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार ०४:३७


काठमाडाैं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संकम्रण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मंगलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो ।

‘हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा एक सय दुईले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्‍याउनेछन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नं ११८० लाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसंक्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।

कोभिड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई एक लाख रुपैयाँ, मझौला वडालाई ७५ हजार रुपैयाँ र साना वडालाई ५० लाख रुपैयाँ निकासा पठाउने निर्णय भएको छ ।

वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि अहिलेको अवस्थापमा परिचालन गरी प्रभावकारीरूपमा काम अघि बढाउन, भाइरस नियन्त्रणका लागि जनचेतनालगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बैठकमा सहभागीहरूको धारण थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !