४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फस्टिदैँ काेराेना एकैदिन ४८९७ संक्रमित थपिए

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार १२:२३


काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको बाढी बढ्दै गएको छ ।

गत २४ घण्टामा मात्र देशभर ४ हजार ८ सय ९७ संक्रमित थपिएका छन् । १४ हजार आठ सय ३४ नमुनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ९७ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्र २ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौँमा १ हजार चार सय ६४ जना संक्रमित गरी कुल २ हजार ४७ थपिए ।

योसँगै नेपालमा कोभिड–१९ सक्रिय संक्रमितको संख्या ३० हजार दुई सय नौ पुगेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !