४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टुँडालदेवी जात्रा दूरी कायम गरी पूरा गरिने

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०६:२०


काठमाडाैं । उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै सुरु भएको काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा गरिने भएको छ ।

चैते दशैँदेखि लिंगाे उठाएर सुरु हुने जात्राका क्रममा बुधबार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको वडाध्यक्ष रमेश डंगाेलले जानकारी दिनुभयो । शुक्रबार लावा छरेर टुँडालदेवी र भाटभटेनीलाई जुधाइने छ । यो जात्रामा धेरैको भीड हुने भए पनि कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण विधिमात्र पूरा गरिने छ । वैशाख २१ गते देवता मन्दिर भित्र्याएपछि जात्रा समापन गरिन्छ ।

जात्राका बीच आजदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि बाँकी विधि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डबमोजिम भौतिक दूरी कायम गरी मास्क, स्यानिटाइजरलगायत सुरक्षा विधि उपयोग गरेर गरिने उहाँले बताउनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !