४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खानेपानी वितरणबाहेकका अन्य सेवा स्थगन

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०९:०३


काठमाडौं । कोरोना संक्रमण रोक्न निषेधाज्ञा जारी भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गरेको छ ।

खानेपानी उत्पादन, वितरण, ट्यांकर एवं ढल संचालन, चुहावट मर्मतबाहेक अन्य सेवा स्थगन गरिएको केयुकेएलले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस बढेको भन्दै अत्यावश्यकबाहेकका अन्य सार्वजनिक सेवा तत्काललाई स्थगन गर्न आदेश दिएको थियो ।

जिल्ला प्रशासनको आदेश जारी रहेको अवधिसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन रहने केयुकेएलले जनाएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !