३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्लाज्मा थेरापीबाट पूर्वरानी कोमलको उपचार हुँदै

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार ०७:२७


काठमाडौं । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ ।

भिड संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो ।

नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ  । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजन दिनुपरेको छैन ।

उहाँहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !