११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा एकै दिन तीन लाख ८६ हजार संक्रमित

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार ०८:३२


नयाँ दिल्ली । भारतमा कारोनाभाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ ।

तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार चार सय ५२ जना संक्रमित भएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार चार सय ९८ जनाको कोरोनाका कारण ज्यान गएकाे छ ।

दैनिक रुपमा संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार चार सय ५० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल संक्रमित मध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार चार सय १८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार नाै सय ७६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ती मध्ये ३१ लाख ७० हजार दुई सय २८ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांक छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार एक सय सात जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा एकातर्फ महामारी फैलिइरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार अहिलेसम्म १५ करोड २२ लाख ४५ हजार एक सय ७९ मात्रा खोप खपत भएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !