४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशलाई समृद्ध बनाउन प्राविधिक शिक्षा महत्वपूर्ण छ- प्रधानमन्त्री ओली

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार ०८:३८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन प्राविधिक शिक्षा महत्वपूर्ण रहेको बताउनुभएको छ ।

त्यसका लागि प्राविधिक शिक्षालयको स्थापना र विकासमा सरकार लागिरहेको उहाँको भनाइ छ । प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) को सुविधा सम्पन्न भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘सरकारले प्राविधिक शिक्षालयको स्थापना र विकासमा जोड दिइरहेको छ ।’ कोभिड–१९ संक्रमणसँग विश्व लडिरहेको बेला विज्ञान र प्रविधिको प्रयोगले सुरक्षित बस्न सकिने उहाँले बताउनुभयो । प्रविधिको समुचित उपयोगले गर्दा कोभिडलाई परास्त गर्न सकिने उहाँको भनाइ छ ।

समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न प्रविधिको विकासमा लाग्नुपर्ने बताउँदै उहाँले भन्नुभयो – ‘समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा मात्रै होइन, यो संकल्प सकेसम्म छिटो पूरा गर्नुपर्ने योजनामा सरकार छ ।’

प्राविधिक शिक्षालयको स्थापना गरेर दक्ष प्राविधिक उत्पादन गर्न सके देशले फड्को मार्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्राविधिक शिक्षाले समाज र राष्ट्रका लागि योगदान पुर्..याउने खालको जनशक्ति तयार पार्छ, शिक्षालाई व्यवसायिक र सिपमुलक बनाएर युवाहरुलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षालयको स्थापना अनिवार्य छ ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !