३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्ड र माधवतिर लम्कियो हतकडी

प्रकाशित मिति :  २२ माघ २०७७, बिहीबार ०२:१२


काठमाडौं । प्रेमकुमार राई, जयबहादुर चन्द, किशोरकुमार सिलवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पदाधिकारीका रुपमा पद समाल्नासाथ प्रचण्ड र माधव नेपालको गिरोहभित्र आठ रेक्टरको भूकम्प गएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राई बन्नुभएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवले गर्नुभएका भ्रष्टाचारको फायल खुल्ने भएको छ । प्रेम राईले माओवादी लडाकू शिविर घोटालामा गरिएको भ्रष्टाचारको अनुसन्धानलाई अगाडि बढाउने हुनुभएको छ । त्यसैगरी राईले माधव नेपालसँग सम्बन्धित भ्रष्टाचार प्रकरणको पनि अनुसन्धान अगाडि बढाउने हुनुभएको छ ।

अख्तियारले मुद्दा दायर गर्यो भने प्रचण्ड र माधव नेपाल दुवैले आउँदो चुनाव लड्न पाउनुहुने छैन । त्यसैले उहाँहरु चुनाव बहिष्कार गर्ने भनिरनुभएको छ । अख्तियारले भ्रष्टाचारको फायल भटाभट खोल्ने थाल्यो भने प्रचण्ड र माधव नेपाल वरिपरिका दर्जनौं मानिस जेल जाने बताइएको छ ।

अख्तियारमा प्रेम राईको बदलामा आफ्नो मानिस नियुक्त गर्ने हो भने पार्टी नफुटाउने र सरकार नगिराउने सर्त प्रचण्ड र माधवले राख्नुभएको थियो । उहाँहरुको त्यस्तो सर्त केपी शर्मा ओलीले मान्नुभएन । त्यसपछि प्रचण्ड माधवले प्रतिनिधि सभा विघटनको परिस्थिति सिर्जना गर्नुभएको थियो ।

प्रचण्ड र माधवले अख्तियार लगाएर केपी ओलीले आफूहरुलाई जेल हाल्न खोजेको भनेर भाषण समेत गरिसक्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !