४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँकेमा ६ संक्रमितकाे गयाे ज्यान

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०७:५४


.

बाँके । गए रातभर बाँकेमा ६ जना काेभिडबाट ज्यान गएकाे छ ।

मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा ज्यान गएकाे छ । यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ः०० बजे पीसीआर गरिएको थियो । उनको रिपोर्ट नआउँदै निधन भएकाे थियो ।

नेपालजञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९ः३० बजे ज्यान गएको छ । यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको ज्यान गएकाे छ । यहीँ वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो । गए राति १०ः०० बजे उनको ज्यान गएकाे छ । नेपालगन्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा निधन भएकाे छ ।

यही वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ः०० बजे ज्यान गएकाे छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको ज्यान गएकाे हाे । यही वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । राति १२ः३० बजे उनको ज्यान गएकाे छ ।

दाङ दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा ज्यान गएकाे छ । यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । उनको आज बिहान ४ः०० बजे ज्यान गएकाे छ ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या एक सय १८ पुगेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !