४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सवारी दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ११:२०


मकवानपुर । हेटौंडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना ३८ प ९३५३ नंको मोटरसाइकल र बा ८ च २९५३ नंको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकलमा सवार नवलपरासीका ३३ वर्षीया ज्योति अर्याल घाइते हुनुभएको छ । घाइते अर्यालको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !