एकै पटक उक्लियाे काेभिड, २४ घण्टामा थपिए ७२११ संक्रमित
प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार ११:०५
काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्यामा नयाँ रेकर्ड बन्न थालेकाे छ ।
गत २४ घण्टामा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा एकैदिन यति धेरै संख्यामा संक्रमित थपिएकाे पहिलाे पल्ट हाे ।
पीसीआर विधिबाट गरिएकाे परीक्षणमा ७ हजार १ सय ३४ र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । गत साता भन्दा दुई गुणा बढी संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ ।
-आइएनए न्युज एजेन्सी
0
Shares