४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पर्यटनमन्त्री भानुभक्त ढकाल पनि काेभिड संक्रमित

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार १२:४९


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई पनि काेभिड-१९ संक्रमण पुष्टि भएको छ ।

आज गरिएकाे पीसीआर परीक्षणबाट आफू र आफ्नाे श्रीमतीमा संक्रमण पुष्टि भएकाे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएकाे छ । दुबै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री ढकालले उल्लेख गर्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ – ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान्–श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ, हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य छ र हामी निवासमा नै आराम गरिरहेका छौँ, यसबीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौं ।’

यसअघि उर्जा जलस्राेत तथा सिँचाईमन्त्री टाेपबहादुर रायमाझी र खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई पनि काेभिड देखिएकाे थियाे ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !