४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सात हजार शय्या थपिँदै, उपत्यकामा मात्र हजार शय्या थपिए

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार १२:५०


काठमाडाैं । सरकारले कोभिड–१९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौं उपत्यकाका ६ अस्पतालमा आजैदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले  सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिनुभयो । शय्या थप गरिएपछि संक्रमितलाई उपचार गर्नका लागि सहज हुने छ ।

केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा संक्रमितको उपचारका लागि शय्या भरिपछि थप  व्यवस्थापन गर्न थालिएको हो । आज मात्रै सात हजार दुई सय ११ संक्रमित भएको र २७ जनाको निधन भएको छ ।

उहाँका अनुसार नेपाल प्रहरी अस्पतालमा तीन सय ५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय/सय तथा  काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शय्या थप गरिने भएको छ ।

ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा. अधिकारीले काठमाडाैं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा चार-चार सय दरका एक हजार दुई सय शय्या चाँडै बन्ने बताउनुभयो ।

मनमोहन मेडिकल कलेजमा तीन सय, खरिपाटीमा दुई सय ५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा तीन सय ५०, वीर अस्पताल  र त्रिवि शिक्षण अस्पतालमा पाँच-पाँच सय र  जनमैत्री अस्पतालमा एक सय २० शय्या बन्नेछन् ।

उहाँले सम्झौतानुसार निजी अस्पतालले दुई हजार शय्या बनाउने छन् । अहिले मुलुकभर १८ हजार नाै सय १७ शय्या  छन् ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !