४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बूढानीलकण्ठमा निस्संक्रमण अभियान

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार १२:५५


काठमाडाैं । बूढानीलकण्ठ नगरपालिका वडा नं  १० ले  कोभिड –१९ संक्रमण  रोकथाम तथा नियन्त्रणका लागि दैनिक दुई पटक खाद्यान्न तथा तरकारी  पसल निस्संक्रमण अभियान सुरु गरेको छ ।

निषेधाज्ञाको समय ख्याल गर्दै बिहानबेलुकी वडाका खाद्यान्न तथा तरकारी  पसल दिनमा  दुई पटक डिसइन्फेक्सन गर्न थालिएको हो ।

एक पटक कुनै पनि खाद्यान्न तथा तरकारी पसल डिसइन्फेक्सन गर्दा स्थान ६ घण्टासम्म निस्संक्रमित बनाउन सकिन्छ । बुनपा –१० क्षेत्रमा निषेधाज्ञाका समयमा खाद्यान्न तथा तरकारी पसल बिहान ६ देखि १० बजेसम्म र साँझ पाँच देखि सात बजेसम्म दिनमा दुई पटक मात्र खुल्छ ।

अभियानको उद्देश्य  जनमानसलाई सुरक्षित स्थानमा दैनिक उपभोग्य सामग्री खरीद गर्ने वातावरण निर्माणसँगै आफ्नो घर तथा वरिपरिका क्षेत्रमा पनि डिसइन्फेक्सन गर्न वडाबासीलाई सुसूचित गरी नागरिक सचेतना अभिवृद्धि गर्ने मुख्य लक्ष्य रहेको बुनपा –१० का वडाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।

सो अभियानका लागि  स्वयंसेवकका दैनिक पाँच समूह परिचालन गरिएको छ । सो  कार्यमा  नारायणचोक युवा क्लब र एनएच आरसिएनलगायत विभिन्न संघसंस्थाका स्वयंसेवक संलग्न छन् ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !