४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वप्रकाश शर्मालाई काेभिड संक्रमण

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०६:०६


काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई काेभिड-१९ संक्रमण पुष्टि भएको छ ।

आफूमा साेमबार बिहान संक्रमण पुष्टि भएकाे शर्माले सामाजिक सञ्‍जालमार्फत जानकारी दिनुभएकाे छ । ज्वराे आएपछि आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिइएकाेमा साेमबार रिपाेर्ट पाेजेटिभ आएकाे शर्माले उल्लेख गर्नुभएकाे छ ।

डाक्टरसँग परामर्श गरेर हाेम आइसाेलेशनमा बसिरहेकाे शर्माले उल्लेख गर्नुभएकाे छ । कोभिडबाट बच्न सबै सजग हुनुपर्ने पनि शर्माले उल्लेख गर्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ – ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ, बिहानिपख रिपोर्ट आयो- पोजेटिभ, टेकुका डा मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सुरु गरेको छु, डेरामै आइसोलेसनमा छु, लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ, सबैलाई विनम्र आग्रह छ – सजग बनौं ।’

 


0
Shares

प्रतिक्रिया दिनुहोस !