४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सेती अस्पतालमा थप चार संक्रमितले ज्यान गुमाए

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०६:२५


.

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोभिड संक्रमितको ज्यान गएको छ ।

ज्यान जानेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा  –१० की ३५ वर्षीया महिला  छन् । ती पुरुषको आज बिहान साढे एक बजे र महिलाको बिहान साढे चार बजेको समयमा ज्यान गएकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो  ।

त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान पाँच बजेका समयमा ज्यान गएकाे जोशीले जानकारी दिनुभयो ।

सेतीमै उपचाररत  कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ  ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !