४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिँदै सरकार

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ११:४५


काठमाडाैं । सरकारले काेभिड-१९ संक्रमण विरुद्धकाे लडाईंमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई जाेखिम भत्ता दिने भएकाे छ ।

साेमबार देशबासीलाई सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रपंक्तिमा खटिने स्वास्थ्य क्षेत्रका कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने बताउनुभएकाे हाे । स्वास्थ्यकर्मीका परिवारकाे उपचार र बीमाकाे व्यवस्था पनि सरकारले गर्ने उहाँले जानकारी दिनुभयाे ।

‘कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ’- प्रधानमन्त्रीकाे भनाइ छ ।

स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ, प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयाे ।

काेभिड विरुद्ध अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मीसहित राष्ट्रसेवक कर्मचारीहरुको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्रीले भन्नुभयाे – ‘चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक-सहचालक, सफाइकर्मी एवम् सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !