मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई काेभिड संक्रमण
प्रकाशित मिति : 5 May, 2021 1:08 pm
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार मुख्यमन्त्री गुरुङको पीसीआर नतिजा पोजेटिभ आएको हो । मंगलबार एन्टिजेन परीक्षण गर्दा मुख्यमन्त्रीको कोरोना नतिजा पोजेटिभ नै आएको थियो ।
होम आइसोलेसनमा रहनुभएका मुख्यमन्त्री गुरुङको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । मुख्यमन्त्री गुरुङलाई हिजो ज्वरो आएपछि कोरोना परीक्षण गरिएको हो ।
-रासस
0
Shares












