१० चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मूल पार्टी कुन हाे भनेर कसैले साेध्दैछन् भने नअलमलिए हुन्छ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  5 February, 2021 11:46 am


काठमाडाैं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मूल पार्टी आफू नेतृत्वकै पार्टी भएकाे बताउनुभएकाे छ ।

नेकपाकाे बृहत जनसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘मूल पार्टी कुन हाे भनेर कसैले साेध्दैछन् भने नअलमलिए हुन्छ मूल पार्टी यही हाे, याे कम्युनिष्ट पार्टीकाे मात्र हाेइन देशकै मूल पार्टी हाे ।’

देशको भौगोलिक अखण्डताको रक्षा गर्न, लोकतन्त्र ल्याउन सर्वाधिक भूमिका खेल्ने, समृद्ध नेपाल र सुखी नेपाली बनाउन लागेको पार्टी भएको हुनाले आफू नेतृत्वकाे पार्टी नै मूल पार्टी भएकाे उहाँले बताउनुभयाे । ‘अझै पनि बताइरहनु पर्छ ? आजबाट कुन पार्टी मूल पार्टी हो, कुन पार्टी सक्कली-नक्कली हो भन्ने कुराको आजबाट फैसला भयो ।’

जनसभा हुन नदिन नेपाल बन्द लगायत गतिविधि भएपनि जनताकाे सागर उर्लिएपछि त्याे असफल भएकाे उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !