२४ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बागलुङमा वर्षा र हिमपात कृषक खुशी

प्रकाशित मिति :  २४ माघ २०७७, शनिबार ०६:५९


बागलुङ । बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो ।

हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ । ढोरपाटन उपत्यकामा शुक्रबार हिउँपरेको स्थानीय कमल भण्डारीले जानकारी दिनुभयो ।

उहाँले यहाँका स्थानीय घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथि जाने जानकारी दिनुभयो । हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्कन नसकेको स्थानीय चकबहादुर अदैले बताउनुभयो ।

ढोरपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसो बढेसँगै बोबाङबाट पठनपाठन सञ्चालन गरेको छ । हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधन चल्न सकेका छैनन् ।

लामो समय पानी नपर्दा कृषक निराश भएका किसान खुशी भएका छन् । मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने किसान रामबहादुर खड्काले बताउनुभयो ।

हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने किसानको भनाइ छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । ढोरपाटन तथा निसीखोलाको उच्च भागसँगै बागलुङ र पूर्वी रुकुम सिमानामा हिमपात भएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !