३० फाल्गुन २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हालसम्म आइसियू र अक्सिजनको अभाव छैन : बिएण्डसी

प्रकाशित मिति :  8 May, 2021 12:08 pm


काठमाडौं । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का  बिरामीलाई उपचार गर्न  हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको  अभाव नरहेको जनाएको छ ।

बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटर सहित आइसियू श्यया मध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको छ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी दशदिनभित्र प्लान्ट सुचारु हुने जनाएको छ ।

ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दूर्गा प्रसाईद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगशाला सक्षम रहेको उल्लेख  छ । आज मात्र काठमाडौंस्थित ह्याम्स अस्पतालबाट पाँचथरका ५२ वर्षीय  संक्रमित दीपकराज आङदम्बेलार्ई ‘हवाई बेड लिफ्ट’ गरी  बिएण्डसी अस्पताल लगिएको अस्पतालले जनाएको छ ।

काठमाडौं लगायत देशका विभिन्न जिल्लामा भेन्टिलेटर तथा अक्सिजनको अभावभएपछि ‘हवाई बेड लिफ्ट’ गरी सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेको  विज्ञप्तिमा उल्लेख छ । शुक्रबार  दाङ र पर्साका दुई संक्रमितलाई सो बिएण्डसी अस्पतालमा लगिएको थियो ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ  ‘कोरोना उपचारमा बिएण्डसी सरकारलाई सधै सहयोग गर्न तयार छ । हालसम्म कोरोनाका सङ्क्रमितलाई उपचार गर्न  भेन्टिलेटर सहित (आइसियू तथा अक्सिजनको  अभाव नरहेको छैन ।’ अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिनुभएको जानकारी अनुसार  भेन्टिलेटर सहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो  छ  ।

उहाँका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !