१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सांसद् पदबाट राजीनामा दिने पक्षमा छैन- हिराचन्द्र केसी

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार ०६:२२


काठमाडौं । नेकपा एमालेमा माधव नेपाल समूहका सांसद्ले सामूहिक राजीनामा दिने चर्चा चलिरहेको बेला सो समूहका एकजना सांसद्ले भने सांसद् पदबाट राजीनामा नदिने बताउनुभएको छ ।

दाङ क्षेत्र नं ३ बाट निर्वाचित माधव समूहको नेकपा एमालेका प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले सांसद् पदबाट राजीनामा नदिने बताउनुभएको हो ।

राजीनामा दिने बारेमा समूहका छलफल भएको भएपनि आफू राजीनामा नदिने पक्षमा रहेको उहाँले बताउनुभयो । ‘राजीनामा नगरौँ भन्ने कुरा हो, अझै छलफलमा नै छौँ हामी’, उहाँले भन्नुभयो ।

जनताले पाँच वर्षसम्मको लागि चुनेकाले राजीनामा नदिने उहाँले बताउनुभयो भयो । ‘बरु प्रधानमन्त्रीले फाले पनि फालून्, सकेसम्म राजीनामा नदिने, यसले राम्रो सन्देश जाँदैन भन्ने हो’, केसीले भन्नुभयो ।

आज पनि समूहको छलफल बोलाइएको र छलफलमा थप कुरा हुने उहाँले बताउनुभयो । छलफल बोलाइएकोले छलफलाम बस्ने भए पनि आफू राजीनामा दिने पक्षमा नरहेको उहाँले बताउनुभयो । ‘फेरि पनि छलफल हुँदै छ, छलफलमा बस्छौँ तर म राजीनामा दिने पक्षमा छैन’, उहाँले दोहोर्याउनुभयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ढिपीको कारण अहिलेको अवस्था आएको केसीको आरोप छ । ‘पार्टीलाई मिलाएर जानु पर्नेमा उहाँले त्यसमा उचित पहलकदमी लिनसक्नु भएन’, उहाँले भन्नुभयो ।

सरकारले विश्वासको मत लिनको लागि भोलि बोलाइएको प्रतिनिधि सभा बैठक अगाडि नै सरकारलाई असफल बनाउन एमालेको माधव नेपाल गुटका सांसद्ले सामूहिक राजीनामा दिने तयारी गरिरहेका छन् । तर यसमा नेपाल पक्षकै सांसदको मतभिन्नता देखिएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !