उपेन्द्रको भरमा प्रधानमन्त्री बन्ने सपना नदेख्नु-महन्थ ठाकुर
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।
आइतबार देउवा निवास बुढानिलकण्ठमा ठाकुर, महतो र देउवाबीच डेढ घण्टा छलफल भएको हो । स्रोतका अनुसार अध्यक्ष ठाकुरले देउवालाई वैकल्पिक सरकारको सम्भावनाबारे नसोच्न आग्रह गर्नुभएको थियो । हामी सरकारमा जाने अहिले कुनै सम्भावना छैन । जसपाले सहयोग गरेर सरकार बन्छ भन्ने नसोच्नुहोला । महन्थलाई उद्दृद गर्दै स्रोतले भन्यो ।
महन्थले सभापति देउवालाई उपेन्द्र यादवको आशमा परेर प्रधानमन्त्री बन्ने सपना नदेख्न पनि अनुरोध गरेको स्रोतको दावी छ । विश्वासको मतमा जसपा तटस्थ बस्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नै चुनावमा जानुपर्ने अवस्था सिर्जना भएको महन्थले देउवालाई सन्देश दिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको साथमा खुलेर लाग्नुभएका महन्थ र राजेन्द्र कसैको साथमा नरहेको प्रष्ट पार्न देउवा निवास पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिन प्रतिनिधिसभा बैठक आह्वान गर्नुभएको छ ।
-आइएनए न्युज एजेन्सी