३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वाग्मती प्रदेश सरकारले सबै जिल्लामा पीसीआर मेशिन राख्ने

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार ११:३८


काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा पीसीआर मेशिन राख्ने निर्णय गरेको छ ।

कोभिड संक्रमण बढ्दै गएकोले प्रदेशका सबै जिल्लामा स्वाब परीक्षण गर्ने पीसीआर मेशिन राख्ने प्रदेश सरकारले निर्णय गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता कैलाशप्रसाद ढुंगेलले पीसीआर मेशिन नभएका सबै जिल्लामा मेशिन राख्ने गरी निर्णय भएको बताउनुभयो ।

पीसीआर मेशिन नभएका रामेछाप, सिन्धुलापाल्चोक लगायतका प्रदेश भित्रका जिल्लाले स्वाब संकलन गरेर परीक्षणको लागि छिमेकी जिल्ला वा धुलिखेल पठाउने गरेका छन् । जिल्लामा नै मेशिन राखिएपछि स्वाब परीक्षण गर्न छिटो र सजिलो हुने छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका सबै जिल्लामा पीसीआर मेशिन राख्ने निर्णय गरे अनुसार मेशिन खरिद प्रक्रिया अघि बढ्ने मन्त्री ढुंगेलले जानकारी दिनुभयो । मेशिन खरिद गरी यथासिघ्र सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले प्रदेश अन्तर्गतका जिल्लामा बेड, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनट्रेटर, अक्सिजन रेगुलेटर, पीपीई सेट लगायतका उपकरण समेत सामाजिक विकास मन्त्रालय मार्फत पठाएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !