माधव नेपालले राजीनामा दिनुहुन्न- विष्णु पौडेल
प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार १२:४९
काठमाडौं । नेकपा एमालेका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता माधव नेपाल लगायतले सांसद् पदबाट राजीनामा नदिने बताउनुभएको छ ।
माधव नेपालसँग भेट गरेर सिंहदरबारबाट निस्कने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले पार्टी पनि नफुट्ने र माधव नेपालले पनि सांसद् पदबाट राजीनामा नदिने बताउनुभयो ।
पत्रकारले पार्टी फुट्न लागेको हो ? भनि राखेको जिज्ञाशामा उहाँले ‘पार्टी कसरी फुट्छ र ?’ भन्दै प्रश्न गर्नुभयो । आफूलाई माधव नेपालले राजीनामा दिने कुराको विश्वास नभएको उहाँले बताउनुभयो । ‘म त्यो कुरा पत्याउँदिन’, पौडेलले भन्नुभयो ।
सांसद् पदबाट राजीनामा दिएर पार्टी र आफ्नो विनाशको बाटो कुनै पनि नेताले रोज्न नसक्ने पौडेलको भनाइ छ । ‘राजीनामा भनेको विनाशको बाटो हो, त्यो कसले रोज्छ र म पत्याउँदिन’, उहाँले भन्नुभयो ।
-आईएनए न्युज एजेन्सी
0
Shares