३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोना कहर – एकैदिन १३९ को गयो ज्यान

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार १३:४५


काठमाडौं । दैनिक संक्रमित संख्या र कोरोनाबाट ज्यान गुमाउने संख्यामा नयाँ रेकर्ड बन्दै छ ।

सोमबार एकैदिन १ सय ३९ जना संक्रमितको ज्यान गएको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त भएको छ । अघिल्लो दिन ८८ को ज्यान गएकोमा आज यो संख्या बढेर १ सय ३९ पुगेको हो । हालसम्म कोरोबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा एकैपटक ९ हजार २ सय ७१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १७ हजार ६ सय २३ को पीसीआर र ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार २ सय ७१ जनामा कोरो संक्रमण पुष्टि भएको हो ।

आइतबार ८ हजार ८ सय ५० जना संक्रमित थपिएका थिए । आज सो संख्या बढेको छ । हालसम्म ४ लाख ३ हजार ७ सय ९४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

गत २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ६ हजार ७ सय ९४ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !