१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०१:२६


काठमाडौं । प्रतिनिधि सभाको चालु विशेष अधिवेशन साेमवार मध्यरातबाट अन्त्य गरिएको छ ।

प्रधानमन्त्रीको विश्वासको मत लिन बोलाईएको प्रतिनिधि सभाको विशेष अधिवेशन मतदानको काम सकिएसँगै अन्त्य गरिएको घोषणा गरिएको छ ।

प्रतिनिधि सभा सचिवालयले सूचना जारी गरी बैठक अन्त्य भएको जानकारी दिएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गर्नुभएको सूचनामा  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  सोमबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गरेको उल्लेख छ ।

साेमवार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

यस अघि आज स्थगित भएको प्रतिनिधि सभा बैठक बैशाख ३० गते बस्ने सभामुखले घोषणा गर्नुभएको थियो । आज बसेको बैठकमा सरकारले राखेको विश्वासको मत प्रस्ताव असफल भएको थियो ।
-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !