१४ कार्तिक २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाँचखाल नगरपालिकाले विपन्नलाई दश हजार उपचार खर्च दिने

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार १२:३०


काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले कोरोना सङ्क्रमित विपन्न व्यक्तिलाई उपचार खर्च वापत दश हजार रुपैयाँ दिने भएको छ ।

नगरपालिका प्रमुख महेश खरेलले आज सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टसहितको कोभिड १९ फैलदै गएकोले कोरोना सङ्क्रमित उपचाररत अति विपन्नलाई वडाको सिफारिस र अस्पतालको कागजातको आधारमा नगरपालिकाले दश हजार रपैयाँ उपलब्ध गराउने निर्णय भएको बताउनुभयो ।

यसअघि नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोभिड–१९ का बिरामी बोक्न नसक्ने देखिएपछि सो नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत चढ्ने सुविधाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !